साउन २९ गते आइतबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

  • कालिका खवर
  • आइतवार, साउन २९, २०७९
  • काठमाडौं । आज मिति २०७९ असार २९ गते तदनुसार २०२२ अगस्ट १४ आइतबार ।

    मेष – ARIES

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

     

    वृष – TAURUS

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ।

     

    मिथुन – GEMINI

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

     

    कर्कट – CANCER

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग

    रहनुहोला। उस्तै समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

     

    सिंह – LEO

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सोखले खर्चको मात्रा बढाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

     

    कन्या – VIRGO

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs