प्रवासमा रहेका नेपालीलाई लिङ्देनले भने- चुनावका बेला नेपाल आउनुस्

  • कालिका खवर
  • आइतवार, साउन २९, २०७९
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका छन्।

    मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुँदैछन्। यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

    लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन्।

    ‘समसामयिक राजनीति, प्रवासको संगठन विस्तार र आसन्न निर्वाचनमा प्रवासको भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका पक्षमा जनमत बढाउन आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs