नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठवन्धन डर र कर दुबैको भएको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुबै भएको बताएका हुन् ।
गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भने ‘गठबन्धन डर र कर दुबैको हो, हामीहरुले गठबन्धन नगरे अरु दलले गर्छन् ।’