शेयर बजार ५ दिनदेखि राताम्मे, आज झन्डै २८ अङ्कले घटेर २ हजार विन्दु नजिकै

  • कालिका खवर
  • आइतवार, साउन २९, २०७९
  • शेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    नेप्सेसँगै कारोबार सङ्ख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ । आज दुई सय २७ वटा कम्पनीकाे ४५ लाख ५९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज गुराँस लघुवित्तको शेयर सात प्रतिशत र हिमालयन डिस्टिलरीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युतको शेयर आठ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs