बाबुराम भट्टराईको विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, साउन ३०, २०७९
  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

    आजको बैठकमा आसन्न निर्वाचनको रणनीति, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

    भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगभग सहमति जनाएका छन्।

    आइतबार निर्वाचनमा एकै चुनाव चिन्ह र घोषणा पत्र बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs