बढी सिटमा उम्मेदवारीभन्दा बढी सिटमा जित ठूलो हो : देउवा

  • कालिका खवर
  • सोमवार, साउन ३०, २०७९
  • नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन् ।

    पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए । २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गरे । देउवाले अघि भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’ गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उनले बताए । कांग्रेस सभापति देउवाले अघि भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs