सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।
देशैभरी चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावी मिति घोसणा भएपछी नेकपा एमाले काठमाडौं क्षेत्र न. २ मा आकाङ्क्षीहरु देखिन थालेको छ । काठमाडौं २ मा मात्रै एमालेबाट ५ जनाको दावेदारी देखिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न आकलन र बहस सुरु भएको छ । बिगत लामो समयदेखि यो क्षेत्र एमालेको गडको रुपमा देखिएको थियो । तर माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजबादी गठन गरेपछि स्थानिय तहको निर्वाचनमा भने गठबन्धनका कारण केही कमजोर देखियो । यो क्षेत्रमा एमाले फुटको असर पनि राम्रै देखिएको छ । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य तथा प्रदेससभा सदस्यको लागि बलिया दावेदारहरु एमाले केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा बागमती प्रदेशका सभामुख सानू कुमार श्रेष्ठ , प्रदेश कमिटि सदस्य तथा प्रदेश संसद मणिराम फुयाल, प्रदेश कमिटी सदस्य पार्टीका पुराना नेता बुद्ध भक्त चित्रकार, प्रदेश कमिटि सदस्य तथा खेलकुद महासंघका नेता ओम कृष्ण प्रसाईं र संखरापुर नगरपालिकाका निवर्तमान मेयर सुवर्ण श्रेष्ठ छ्न ।
बागमति प्रदेशका सभामुख सानू कुमार श्रेष्ठ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका बलिया दावेदार हुन । श्रेष्ठ माधव कुमार नेपाल एमाले छाडेपछि एस क्षेत्रका सिनियर नेतामा प्रदछ्न । सुरुदेखि नै केपि ओलिलाई साथ दिएका श्रेष्ठले प्रतिनिधीसभा तथा प्रदेशसभाको मध्ये एकको टिकट पाउने निश्चित छ ।
प्रदेश कमिटी सदस्य मणिराम फुयाल हालका प्रदेशसभा सदस्य हुन । काठमाडौं क्षेत्र न. २ (ख) बाट २०७४ मा निर्वाचित फुयाल पार्टीले टिकट दिए प्रतिनिधिसभा उमेदवार बन्ने कि त प्रदेशमा दोर्याउने सोचमा छन ।
एमाले बाग्मती प्रदेश कमिटी सदस्य बुद्ध भक्त चित्रकार पुराना सालिन नेता हुन । प्रदेश सभा निर्वाचन २०७४ मा टिकट नपाएका कारण केहि रुष्ट देखिए पनि काठमाडौं २ मा चित्रकारको राम्रो छवि छ । पार्टीले एस पाली आफुलाई टिकेट दिएर न्याय गर्नु पर्ने उनी बताउछ्न । मणिचन्द्र फुयाल र चित्रकारको प्रदेश निर्वाचन क्षेत्र पनि एउटै पर्दछ ।
प्रदेश कमिटी सदस्य तथा खेलकुद महासंघका नेता ओम कृष्ण प्रसाईं अर्का दावेदार हुन । युवाहरुमा लोकप्रिय प्रसाईं प्रतिनिधि सभा तथा प्रदेश सभा मध्य एकमा उम्मेदवार हुने बताउछन ।प्रसाईं खेलकुद महासंघका पुर्व उपाध्यक्ष समेत हुन । स्वतन्त्र युवाहरुको माहोल तातेको बेला पार्टीले प्रसाइलाइ उमेदवार बनाए सजिलै जित्न सकिने काठमाडौं २ का युवाहरु बताउछन ।
पुर्व मेयर सुवर्ण श्रेष्ठ पनि अर्का दावेदार हुन । २०७४ मा संखरापुर नगरपालिकामा अत्याधिक मतले बिजयी श्रेष्ठ प्रदेश सभा सदस्यका बलिया दावेदार हुन । लोकप्रिय नेता श्रेष्ठ हाल एमाले बागमती प्रदेश कमिटी सदस्य छन ।