प्रचण्डलाई निर्वाचन आयोगको पत्र : चुनावमा १० करोड खर्चेका उम्मेदवारको सूचना दिनू

  • कालिका खवर
  • मङ्लबार, साउन ३१, २०७९
  • निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ ।

    आयोगले केही दिनअघि प्रचण्डलाई पत्र काटेको हो ।  चुनावमा खर्च गर्न पाउने सीमा तय भएकाले त्यसभन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने आयोगले जनाएको छ । प्रचण्डले गएको ९ गते  कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताउनु भएको थियो ।

    निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले बढीमा साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर मेयर उपमेयरले बढीमा ७ लाख ५० हजार, उपमहानगर मेयर उपमेयरले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका मेयर उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ चुनावको प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs