अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेट, धरानको खानेपानी समस्या समाधान गर्न सहयाेग गर्ने प्रतिबद्धता

  • कालिका खवर
  • मङ्लबार, साउन ३१, २०७९
  • अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले उप महानगरलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।

    भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंसा गर्नुभयो। ‘तपाईँले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ’, मन्त्री शर्माले भन्नुभयो ।

    यस्तै मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’

    भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा पनि हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs