भाद्र१ गते बुधबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • काठमाडौं । आज मिति २०७९ भाद्र १ गते तदनुसार २०२२ अगस्ट १७ बुधबार ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । ज नयाँ कामको थालनी समेत हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आजको दिन तपाईलाई मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनहरुबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद हुनसक्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु नैं वेश हुनेछ । आफ्नो नियमित काम मात्र गर्नुहोला ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको ब्यबस्था गरिदिनुहोला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    कुम्भ राशिका जातकको लागि आजको दिन

    स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्नसक्छ । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राको लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs