रुसको कब्जामा रहेको क्राइमियामा अर्को विस्फोट : युक्रेनले आक्रमण गरेको रुसको आरोप

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • रुसको कब्जामा रहेको क्राइमियामा लगातार विस्फोटका घटना भएका छन् । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ ।

    क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भएलगत्तै अर्को पनि विस्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ क्षेत्रमा विस्फोट भएको बताएका छन् । विष्फोटका कारण झण्डै तीन हजार मानिस विस्थापित भएका छन् । घटनामा मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । रेलवे स्टेशनमा क्षति पुगेको छ । यो विस्फोटको घटना युक्रेनले गराएको रुसले आरोप लगाएको छ ।

    गएको हप्ता ब्ल्याक सी क्षेत्रमा रूसी लडाकु विमानमा आक्रमण भएको थियो । यद्यपि युक्रेनले सार्वजनिक रूपमा आक्रमण आफ्नो पक्षबाट भएको स्वीकार गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs