पालिकाका जनप्रतिनिधिका लागि शेखर कोइरालाले आयोजना गरे चियापान

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् ।

    नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखसहित कोइराला निकट नेता–कार्यकर्ताहरु सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs