भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि सरकारले समायोजन नगर्ने

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • तत्काल पेट्रोलियमको मूल्य नघट्ने भएको छ। भारतीय आयल कर्पोरेसन आईओसीले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमले पेट्रोलमा नाफा गर्न थालेको छ। तर, बक्यौता उच्च रहेको भन्दै मूल्य घटाएको छैन। तत्काल मूल्य घटाउन नसकिने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी बताउँछन्।

    निगमले मंगलबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जानकारी गराएको हो। निगमलाई अझै २३ अर्ब घाटा रहेको थानीले बताए। निगमको मासिक घाटा तथा आईओसीलाई चार महिनादेखि भुक्तानी दिन नसकेको रकम अझै २३ अर्ब छ।

    निगमको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन सहज गर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य नघटाइएको जनाइएको छ। नयाँ मूल्यअनुसार मासिक ६२ करोड ५८ लाख घाटा हुने निगमले जनाएको छ। अहिले ऋणको ब्याज मात्र मासिक १४ करोड बुझाइरहेको थानी बताउँछन्। आईओसीले हरेक १५ दिनमा मूल्य सूची पठाउँछ। जुलाई २२ देखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको छ।

    नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा हुन्छ। डिजेलमा भने ४ रुपैयाँ ५० पैसा घाटा हुन्छ। ग्यासमा ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा हुने निगमले जनाएको छ। हवाई इन्धन र मट्टीतेलमा केही नाफा नभएको निगमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs