नेकपा एमालेका सचिव टोपवहादुर रायमाझीले एमालेबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गरेका छन् ।
बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाए । ‘दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससंग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो’ रायमाझीले प्रश्न गरे । आफूहरु नेकपाको निरन्तरको रुपमा रहेको नेकपा एमालेमा रहेको बताउदै केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिएको बताए । पार्टी छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताए ।