समाजसेवा मनदेखि गर्नु पर्छ : गुरुङ

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी पशुपति गुरुङलले समाजसेवा मनदेखि गर्नु पर्ने र निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।
    बुधबार आफ्नो फेसबुक लाइभ मार्फत समसामयिक विषयहरुमा बोल्दै अध्यक्ष गुरुङले यस्तो बताउनु भएको हो ।

    पछिल्लो समयमा काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा समाजसेवी गुरुङले हरेक व्यक्तिले फोहोर व्यवस्थापनमा घरबाटै सहयोग गर्न सकिने बताउदै घरमा भएको फोहोरको राम्रो व्यवस्थापन गर्न सके महानगरपालिकालाई फोहोर व्यवस्थापनमा धेरै सहज हुने बताउनु भयो । घरको फोहोरलाई कसरी कम उत्पादन गर्न सकिन्छ र उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणाहरु राख्दै गुरुङले विगत पाँच वर्षदेखि संस्कार समाज नेपाल मार्फत जनचेतनामूलक महाअभियान संचालन गर्दै आउनु भएकी गुरुङले खादा लगाउने, भाषण गर्ने र क्षणिक लाभका लागि भौतिक सहयोग गर्नु वास्तविक समाजसेवा नहुने बताउनु भयो । त्यस्तै अध्यक्ष गुरुङले फेशनका रुपमा गरिने वृक्षारोपणले कुनै उपलब्धी नदिने पनि बताउनु भएको छ । वृक्षारोपण गरेर, फेसबुकमा फोटो हाल्ने तर वृक्षारोपण गरे पछि फर्किएर उक्त विरुवाको अवस्था जान्न नजाने गर्दा त्यसरी गरिएको वृक्षारोपणले कुनै पनि उपलब्धी नदिने बताउनु भयो ।

    अध्यक्ष गुरुङले भन्नु भयो ‘भोको पेटलाई खानाको आवश्यकता त हुन्छ तर, जीवनभर खानाको आवश्यकता हुन्छ त्यसैले खाना दिनु समाजसेवा होइन, खाना खाइरहने संस्कार दिनु सच्चा समाजसेवा हो ।’ साथै गुरुङले संस्कार समाज नेपालको अभियानमा जोडिनका लागि सबैलाई आग्रहसमेत गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs