शेखर पक्षको माग : ४० प्रतिशत नदिए निर्वाचनमा भाग नलिने

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले न्यायोचित हिस्सेदारीको माग गरेको छ । संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु सभापति देउवा समूहविरुद्ध खनिएका हुन् ।

    भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् । केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरे । ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले चेतावनी दिँदै भने, ‘दिने भए न्यायपूर्ण तरिकाले देउ । होइन भने तिमीले नै सबै राख ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs