मेयर हर्क साम्पाङद्वारा अहिलेसम्म भएका कामको विवरण सार्वजनिक

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्क राज राई) ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले १३ बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।

    गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

    उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार ल्याएको उल्लेख गर्नुभएको छ ।

    यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गर्नुभएको छ।

    काठमाण्डौ महानगरको फोहर व्यवस्थापनका बारेमा सामाजिक सञ्जालमा लेखेपछि अहिले मेयर राईको टिका–टिप्पणी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs