काठमाडौं ८ बाट सुमन सायमि चुनाव लड्ने

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • काठमाडौं क्षेत्र नम्बर ८ बाट सुमन सायमिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।

    उनले मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

    उनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्।

    काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलन गर्दै आएका सायमि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs