निहारिकाले तोड्न मानिनन् अनशन

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • विभिन्न माग राखी अनशनरत महोत्तरी जलेस्वरकी निहारिका भनिने सोनालिकुमारी सिंहले अनसन तोड्न अस्वीकार गरेकी छन्। राष्ट्रपति भवन शितलनिवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको उपचार भइरहेको छ। उनको अनसन तोडाउन बुधवार साँझ कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खाती शिक्षण अस्पताल पुगेका थिए।

    तर, निहारिकाले सरकारसँग गत असार ३ मा भएको सहमतिका बुँदा बाहेक थप माग अघि सारेपछि कानुनमन्त्री शर्मा र महान्यायाधिवक्ता खाती अस्पतालबाट फर्किए।

    निहारिकाले उनको मुद्दा फैसला गर्ने न्यायाधीशलाई कारबाही, पुनरावेदनमा चल्दै गरेको मुद्दा पेसिबाटै फैसला गरिनुपर्नेलगायतको माग थप गरेकी छन् ।

    निहारिकाले प्रतिवादी बनाएका शिवराज श्रेष्ठलाई प्रहरीले मंगलबार धनुषाबाट पक्राउ गरेको थियो। उनको प्रक्राउसँगै सरकारले निहारिकासँग वार्ताको वातावरण बनाउन खोजेको देखिन्छ। त्यसको भोलिपल्ट सरकारी टोली निहारिकासँग वार्ता गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो।

    शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबर्जस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्नेलगायतका माग राख्दै २०७९ जेठ २९ गतेदेखि निहारिका काठमाडौंमा अनशन बसेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs