काठमाडौं । सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।
काठमाडौं क्षेत्र न. चारमा चुनावी सरगर्मी बढेको छ । एमालेको मत बढी रहेको यो क्षेत्र एस्पाली एमालेले जित्ने आकलन गरिएको छ । एमाले १६ हजार ५०७ मत सहित अग्रस्थानमा हुँदा कांग्रेसको पक्षमा स्थानीय तहमा १५ हजार ७६३ मत खसेको छ । २०७४ मा काङ्ग्रेस का गगन थापाले चुनाव जितेका थिए । राजन भट्टराई झिनो मतान्तरले हारेका थिए । यो चुनावमा पनि एमालेबाट भट्टराईको विकल्प नरहेको देखिन्छ ।
पार्टीका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई पहिलोपटक गगन थापासँग पराजयपछि यो क्षेत्रमा आफू प्रधानमन्त्रीको सल्लाहकार भएका बेला विकास निर्माणका कामका साथै बजेट परिचालनमा जनप्रतिनिधिकै जस्तो भूमिका निर्वाह गरेका थिए । सोही कारण उनले उम्मेदवार बन्न चाहँदा अरुले दाबी गर्ने अवस्था छैन ।
उद्धब खरेल, रमा राई, विदुरविक्रम खड्का, निर्मल कुइँकेललगायतका नेताहरु प्रदेशको दाबी गर्दै छन ।