अबको प्रधानमन्त्री कस्लाई देख्न चाहानुहुन्छ ? (भोट गर्नुहोस)

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • सरकारले प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरे संगै चुनावी माहोल तात्दै आएको छ । कुन दलले कति सिट जित्छ भन्दै विभिन्न मुल्यांकनहरु आएको छ । प्रतिनिधिसभाले नै राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री तथा सभामुख चयन गर्ने छ । स्वभाविक रुपामा अहिले ८ जनाले प्रधानमन्त्री दावी गरि रहेका छन ।

    नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, समाजबादी केन्द्र आदिबाट प्रधानमन्त्री बन्न इच्छुकलाई हामिले तुलना गरेका छौ ।

    नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउबा फेरि पनि प्रधानमन्त्री बन्ने दाउमा छन । ४ पटक प्रधानमन्त्री भैसकेका देउबाले फेरि आफू प्रधानमन्त्रीको दावेदार रहेको घोसणा गरे । काङ्ग्रेसबाट नै गगन थापा पनि यो चुनाव पछि प्रधानमन्त्री बन्न चाहान्छ्न ।

    नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि तेस्रो पटक प्रधानमन्त्री बन्न चाहन्छ । अबको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने दाउमा छन ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुर्व चर्चित संचाकर्मी रबि लामिछाने पनि प्रधानमन्त्री बन्ने रेसमा छन । पछिल्लो समय राजनीतिबाट फ्रस्टेड युवाहरुलाई  समेट्दै लामिछाने आफू प्रधानमन्त्री बन्ने दाउमा छन ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल `प्रचण्ड´ एकीकृत समाजबादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल, समाजबादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल पनि प्रधानमन्त्री बन्ने रेसमा छ्न ।

    को बन्छ प्रधानमन्त्री हेर्न मङ्सिर ४ नै कुर्नु पर्ला तर अहिले हामी सामाजिक संजालमा कस्को माहोल कति छ हेरौ।

    भोट गर्नुहोस

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs