नागरिकता विधेयकमा भोटिङ सुरू

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमा मतदान सुरू भएको छ।

    नेकपा एमालेका २८ भन्दा बढी सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि मतदान सुरू भएको हो।

    एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनुपर्ने अथवा संसदीय समितिमा पठाएर पुनर्विचार गर्नुपर्ने माग गरेको थियो।

    एमाले सांसद विशाल भट्टराईले राष्ट्रप्रमुखले पुनर्विचार गर्नका लागि पठाएकाले हुन्छ र हुन्न भन्नेमा लैजान नहुने बताएका थिए। उनले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्न एमाले पनि सहमत रहेको तर सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने निर्णय गरेकोमा आपत्ति जनाए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs