नागरिकता विधेयक बहुमतले पारित

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे ।

    संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

    आजकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्याे प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs