श्रीमान श्रीमती वा प्रेमि प्रेमिकाको उमेरको अन्तर कती हुनुपर्दछ ?

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पि’तृ सतात्मक सोंच चि’न्तनले पनि यसमा काम गरेको हुनुपर्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पु’रुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पु’रुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि ।

    किनभने अक्सर युवतीहरु पुरुषबाट सु’रक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग स’म्बन्ध गाँ’स्न रुचाउँछन् । सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ ।

    तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान् श्रीमती १ बर्षका जेठो कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ? किनभने विवाह एक यस्तो स’म्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ ।

    नभए त प्रेमले जोडिएको यो स’म्बन्धमा ख’टप’ट आउन सक्छ ।जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै स’म्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ ।

    अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो ।यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रि’लेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ।  एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs