बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।

    बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाण्डौबाट पनि गाडी पुगिरहेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् ।

    महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्नेछ ।

    यस्तै, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनुपर्नेछ र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जानु पर्नेछ । बञ्चरेडाँडामा फोहरका गाडी नियमित जान थाले पनि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर उठाउन समय लाग्ने  महानगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs