तनहुँ–१ बाटै चुनाव लड्छु : नेता पौडेल

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै चुनाव लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने चुनावमा तनहुँबाटै प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

    नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’

    नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दाबी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले आफू स्वयम् यहाँबाट चुनाव लड्ने भएपछि उहाँहरूको दाबी नलाग्ने प्रष्ट पार्नुभयो । ‘वर्तमान गठबन्धनको सूत्रधार नै म हो । म आफैँ लड्ने भएपछि उहाँहरूको दाबी लाग्दैन’, पौडेलले भन्नुभयो, ‘त्यो पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs