प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् ।

    भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs