नेकपा एस र काङ्ग्रेस कार्यकर्ता एमाले प्रवेश

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • काठमाडौं । काठमाडौंका चाबहिलमा विभिन्न पार्टीका कार्यकर्ता ती पार्टी परित्याग  गरी  नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

    शनिबार नेकपा एमाले काठमाडौं महानगरपालिका–७ नं। वडा कमिटी चाबहिलद्वारा आयोजित संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो ।

    नव प्रवेशीलाई एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य राजन भट्टराई, अनुशासन आयोग प्रमुख केशव बडाल लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेमा अधिकांश नेकपा एकीकृत समाजवादीका कार्यकर्ता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs