कार्यविधि नहुँदा खुला कारागारको संरचना प्रयोगविहीन

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो । बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए । “दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीबन्दीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणा अनुसार बाँकेमा खुला कारागार बनाइएको हो ।” उनले भने, “खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा अन्योलमा छौँ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs