बालेनले नगर प्रहरी प्रमुखबाट धनपतिलाई हटाए

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • काठमाडाैं महानगरपालिकाको नगर प्रहरी प्रमुख परिवर्तन भएका छन् । महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) रहेका धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।

    काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs