हरेक नागरिक दत्तचित्त भएर लाग्ने हो भने देश बन्छ : गुरुङ

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।
    शनिवार राजधानीको बालाजु स्थित नागार्जुन पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बोल्दै संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले रातो साडीमा सजिएर आएका महिला, दिदी बहिनीहरुलाई उदाहरण दिदै भन्नु भयो ‘जसरी आजको कार्यक्रमका लागि मनदेखि दत्तचित्त भएर राम्री भएर आउनु भएको छ त्यस्तै हाम्रो समाजका लागि पनि, देशका लागि पनि हामी दत्तचित्त भएर लाग्नु पर्छ र लाग्न सक्यौं भने देश बन्छ भन्दै ।’ गुरुङले संस्कार समाज नेपालको अभियानका बारेमा बोल्दै असल परिवार, असल समाज र राज्यका प्रत्येक संयन्त्रमा असल संस्कारको विजारोपण गर्दै संस्कारसहितको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं। २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले हरितालिका तीजको शुभकामना व्यक्त गर्दै आयोजक संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । त्यस्तै संस्कार समाज नेपालले गर्दै आइरहेको अभियान र कार्यक्रमको प्रशंसा गर्दै महानगरपालिकाका तर्फबाट जस्तोसुकै सहयोग र सहकार्य गर्न पनि तयार रहेको बताउनु भयो ।
    संस्कार समाज नेपालको मुख्य आयोजना रहेको उक्त कार्यक्रमको आयोजकमा मातृशक्ति योगा जुम्बा ग्रुप, नेपाल महिला एकता समाज र प्रगतिशिल महिला बचत समूह रहेका थिए । कार्यक्रममा झण्डै तीन सयको सहभागिता रहेको थियो ।
    स्मरणः रहोेस्, संस्कार समाज नेपाल विगत पाँच वर्षदेखि विभिन्न अभियानहरुसहित जनमानसमा सक्रिय छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs