भाद्र ६ गते सोमबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

  • कालिका खवर
  • सोमवार, भदौ ६, २०७९
  • काठमाडौं । आज मिति २०७९ भाद्र ६ गते तदनुसार २०२२ अगस्ट २३ सोमबार

    मेष

    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

    मिथुन

    (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

    सिंह

    (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    तुला

    (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

    धनु

    (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

    कुम्भ

    (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

    बृष

    (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    कर्कट

    (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ ।

    कन्या

    (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    बृश्चिक

    (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । पेटमा समस्या आउन सक्छ। दिनको उत्तरार्धमा भने मन आफन्तको साथ मिल्नेछ ।

    मकर

    (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

    मीन

    (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs