काठमाण्डौका सडकमा थुप्रिएकाे फाेहर भोलिसम्ममा उठाइसक्ने

  • कालिका खवर
  • सोमवार, भदौ ६, २०७९
  • काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएकाे फाेहर धमाधम उठाउन थालेको छ ।

    बञ्चरेडाँडामा फाेहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फाेहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फाेहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ ।

    अहिले काठमाण्डौको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फाेहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फाेहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फाेहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फाेहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

    सडकका फाेहर उठिसके पछि भने कुहिने र नकुहिने फाेहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फाेहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फाेहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् ।

    गएको शुक्रवारदेखि काठमाण्डौबाट नियमित रुपमा फाेहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फाेहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs