सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने

  • कालिका खवर
  • सोमवार, भदौ ६, २०७९
  • नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

    अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए । जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs