अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउनुस्, कारबाही सुरु गरेका छाैँ : मेयर साह

  • कालिका खवर
  • सोमवार, भदौ ६, २०७९
  • काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्किङकाे नक्सा पास भएका तर अन्य रूपमा प्रयाेग भएका संरचनाहरूकाे अनुगमन, खाेजी र कारबाही सुरु भएकाे बताउनुभएकाे छ ।

    आज साेमवार नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएसँगै कारबाही सुरु भएकाे मेयर साहले बताउनुभयाे । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।

    महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । महानगरले दिएको समयमा अटेरी गरेर संरचना नहटाएपछि आफैँ भत्काउन थालिएको मेयर साहले बताउनुभयो ।

    मेयर साहले बिस्तारै याे कारबाही सबैतिर पुग्ने र यसले सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुने, सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुने र महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुने बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs