काठमाडौं ९ मा एमाले ३ नेताको रस्कारस्की

  • कालिका खवर
  • सोमवार, भदौ ६, २०७९
  • काठमाडौं । सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।

    देशैभरी चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावी मिति घोसणा भएपछी नेकपा एमाले काठमाडौं  क्षेत्र न. ९ मा ३ प्रभावशाली ब्यक्तिहरुले दावी गरिरहेका छन  ।  एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, केन्द्रीय सदस्य पुर्व मेयर शाक्य, केन्द्रिय सदस्य तथा बाग्मती प्रदेशका पुर्व मन्त्री अजय कान्ति शाक्य मुख्य दावेदार हुन । बिगत लामो समयदेखि यो क्षेत्र एमालेको गडको रुपमा  देखिएको छ ।  यो क्षेत्रमा  एमाले फुटको असर पनि त्यति देखिएको छैन । कृष्ण गोपाल श्रेष्ठ, बिध्यासुन्दर शाक्य र डा. अजयकान्ति शाक्यबिछ रस्कारस्की सुरु भएको छ । यी तीन नेता तीन कोणमा देखिन थालेका छन । यी तीन नेता आफ्नो आफ्नो तरिकाले टिकटको दौडमा छ्न ।

    कृष्ण गोपाल श्रेष्ठ काठमाडौं एमालेको सिनियर नेतामा पर्दछ्न । केपि ओलि दोश्रो पटक प्रधानमन्त्री हुदा शिक्षा मन्त्री बनेका श्रेष्ठ  काठमाडौं जिल्ला कमिटी सदस्य, सचिव, केन्द्रिय कमिटी सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै अहिले स्थायी कमिटी सदस्य छ्न । श्रेष्ठ अफु उमेदवार बन्नेमा ढुक्क छन ।

    पुर्व मेयर विध्यासुन्दर शाक्य नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा अत्याधिक बहुमतले जितेका मेयर हुन । २०५४ मा वडा अध्यक्ष जितेका शाक्या पार्टीको जिल्ला कमिटी सदस्य, सचिव हुँदै अहिले केन्द्रिय सदस्य छन । २०७९ को स्थानीय चुनावमा मेयरको टिकट नपाएका शाक्य आफुले प्रतिनिधि सभाको टिकट पाउनेमा संका नरहेको बताउछ्न । मेयरको टिकट नपाए र केही रुष्ट बनेका शाक्य आफूलाई पार्टीले टिकट नदिएर महानगर गुमाउन परेको गुनासो गर्छ्न ।

    बागमती प्रदेश सभाका सदस्य अजय कान्ति शाक्य यसपाली प्रतिनिधिसभामा लडन चाहान्छ्न । एमाले केन्द्रिय कमिटी सदस्य रहेका शाक्य केपि ओलिका विश्वास पात्रको रुपमा चिनिन्छ्न । प्रदेशसभामा आफू नदोहोरिने बताउदै आएका शाक्य प्रतिनिधि सभामा काठमाडौं ९ बाट उमेदवार बन्न चाहान्छ्न ।

    पुर्व

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs