काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दमा आज बिहान काठमाडौं उपत्यकामा सामान्य प्रभाव रह्यो।

    सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका थिए।

    गृहमन्त्री बालकृष्ण खाणले भने विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। उनले विप्लवका कार्यकर्तामाथिका अधिकांश मुद्दा टुंगिएको र केही मुद्दा सरकारले चाहेर पनि फिर्ता लिन नसक्ने खालका भएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs