महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।

    उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs