भारतमा मोदीजस्तै नेपालमा केपी ओलीको क्रेज

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • नेकपा (एमाले) का प्रभावशाली नेता भगवान झाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियताबाट आफू प्रभावित भएको बताएका छन् । उनले अध्यक्ष ओलीलाई नेपालको एकमात्र राजनेताको रुपमा चित्रण गरे ।

    नेता झाले भनेका छन्–‘केपी ओली त नेपालको एकमात्र राजनेता हो । उहाँले विगतमा शक्तिमा भएरपनि वा नभएपनि, जुन काम राष्ट्रको लागि गर्नुभएको छ, यो त जनताले भनेका छन् नि । यो त प्रशंसाको कुरा नै छैन नि ।

    उहाँले गरेको कामबाट नै जनताले यस्तो भनिरहेका छन् । उहाँले राष्ट्रिय स्वाधिनताको सवालमा पनि राम्रो काम गर्नुभएको छ । नेपाललाई ल्याण्डलक्ड कन्ट्रीबाट मुक्त गर्ने काम गर्नुभयो । सबैमा उहाँले आफ्नो छवि छोड्नभएको छ ।’

    नेता झाले अध्यक्ष ओली सत्तामा हुँदासम्म र अहिलेको अर्थतन्त्रको सूचक हेर्नसमेत सुझाव दिए । उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकारलाई नीति र भिजन नै नभएको संज्ञा दिए । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको क्रेज भएजस्तै नेपालमा पनि ओलीको क्रेज रहेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs