कार्यदलमा गगनले कांग्रेसलाई १०० सिट चाहिन्छ भने विवाद सृजना

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलले अहिलेसम्म सिट बाँडफाँटका आधारसमेत तयार पार्न सकेका छैनन्।

    साउन २० मा बालुवाटारमा बैठक गरेर सत्ता गठबन्धनका शीर्ष नेताहरूले आगामी चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेका थिए। सिट बाँडफाँटका लागि सोही दिन ११ सदस्यीय कार्यदल गठन भएको थियो।

    कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक पटक-पटक बसे पनि सिट बाँडफाँटबारे आधारसम्म तयार पार्न सकेको छैन। कुन आधारमा टेकेर सिट बाँडफाँट गर्ने भन्नेमा कार्यदलका सदस्यहरूबीच विमति छ।

    कार्यदलको दोस्रो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले ‘कांग्रेसलाई प्रतिनिधि सभामा १०० सिट चाहिन्छ’ भनेका थिए। उनले त्यसो भनेपछि गठबन्धन दलबाट आएका अन्य कार्यदल सदस्यहरू असमञ्जस्यमा परेको एक सदस्यले बताए।

    त्यसपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले घुमाउरो पाराले २०७४ मा गठबन्धन दलहरूले जितेका सिट आफैंसँग राख्ने र बाँकी सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव गरेका थिए। २०७४ मा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो भने कांग्रेसले एक्लै लडेर २३ सिट जितेको थियो।

    कांग्रेस २०७४ साल र यसपालिको स्थानीय निर्वाचनको ‘पपुलर मत’का आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र २०७४ सालमा प्रत्यक्षतर्फ जितेका सिटलाई आधार बनाउनु पर्ने पक्षमा छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs