भुवन केसीको आग्रहलाई ‘राधा’ र ‘प्रकाश’का निर्माताले गरे अस्वीकार, फिल्म शुक्रबार नै रिलिज गर्ने

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर भारतीय फिल्म ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ ।

    विदेशी फिल्म बिहीबार नै आउने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरे ।‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक दिनेश राउतलाई फोन गरेर अध्यक्ष केसीले बिहीबार नै फिल्म रिलिज गर्न आग्रह गर्दै यसका लागि सहयोग गर्न बोर्ड तयार रहेको बताए । तर भुवनको यो आग्रहलाई दुवै फिल्मका निर्माताले अस्वीकार गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीले शुक्रबार नै फिल्म आउने बताए । ‘राधा’का निर्देशक थापाले पनि शुक्रबारको रिलिजबाट आफूहरु तलमाथि नहुने बताए । ‘बिहीबार भनेको अघिल्लो साता रिलिज भएका कृष्णलीला, माइकल अधिकारी र प्रेमगञ्जको समय हो । हामीले उछिन्नु हुँदैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs