जबरजस्ती करणी मुद्दामा जेल गएको हप्ता दिन नपुग्दै अछाममा एक कैदीको ज्यान गयो

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको ज्यान गएको छ । मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।

    आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए । जेल गएको हप्ता दिन नपुग्दै उनको ज्यान गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs