गंगाजमुना ७ का अध्यक्षलाई किर्ते गरेको आरोप

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • धादिङ । गंगाजमुना  गाउँपालिका वडा न ७ का वडा अध्यक्ष रबिन अधिकारीलाई किर्ते गरेको आरोप लागेको छ । स्थानिय बिर्खे बहादुर थापा को एस.बि.आइ बैंकको चेकमा वडा अध्यक्ष  अधिकारीले  थापाको नक्कली हस्ताक्षर  गरि मुक्तिनाथ विकास बैंक सल्यानटारमा रहेको  आफ्नो  खातामा जम्मा गराएका हुन ।

    स्थानिय थापाका अनुसार अध्यक्ष अधिकारीले थापाको हस्ताक्षर नभको चेक बुक लिएका थिए । केही दिन पछि थापाले आफ्नो बैंकमा बुज्दा चेक क्लिएरिङ मार्फत रु ५६५५० अध्यक्षको खातामा पठाइएको  देखियो ।

    थापाले गंगाजमुना गाउँपालिका स्वरोजगार कार्यक्रममा सहभागी भइ एस बि आइ बैंक , फुलखर्कमा ४३०१५२४१४०११७२ नम्बरको बैंक खाता खोलेका थिए । थापाका अनुसार वडा अध्यक्षले खाता नम्बर चाहिन्छ भनी थापाको चेक बुक लिएका थिए । तर वडा अध्यक्षले गत साउन १९ गते ५६५५० आफ्नो खातामा डिपोजिट गरे  ।

    अधिकारी गए स्थानीय चुनावमा गठबन्धनबाट निर्वाचित वडा अध्यक्ष हुन । अधिकारी नेकपा एकीकृत समाजबादिबाट निर्वाचित भएका हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs