देउवाले रामचन्द्रलाई भने, राष्ट्रपति राजीनामा दिने मुडमा

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • मंगलबार बिहान सत्ता गठबन्धनको बैठक चल्दै थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फर्काएपछिको घटनाक्रमबारे छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अनैतिक काम हुन्छ यो । ओलीजी प्रधानमन्त्री भएका बेला अध्यादेशबाट तुरुन्तै लैजाने राष्ट्रपतिले अहिले वैधानिक बाटोबाट गएको विधेयक फिर्ता गर्नु अनौठो कुरा थियो । अब फेरि संसदले पास गरेपछि अड्किँदैन भन्ने लाग्छ ।’अब के गर्ने ?’

    गठबन्धनका नेताहरुले हो मा हो मिलाए । अरु विषयमा छलफल भयो । बैठक सकिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई इशारा गरे । अरु दलका नेताहरु हिँडेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसे ।उनीहरुसँग प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनुखासमा देउवाले गठबन्धन बैठकमा जे कुरा खोलेर भन्न सकिरहेका थिएनन्, आफ्ना सहकर्मीहरुलाई भने सुनाएका थिए । देउवाको संक्षिप्त कुरा सकिँदा नसकिँदै रामचन्द्र पौडेलले भने, ‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने ठाने जस्तो छ ।’ भएको छ । दिने मुडमै हुनुहुन्छ भन्ने बुझें मैले ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs