अनधिकृत संरचना भत्काउने अभियानलाई महानगरले निरन्तरता दिने, क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने मेयर शाहको भनाइ

  • कालिका खवर
  • बिहिबार, भदौ ९, २०७९
  • काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

    कोटेश्वरमा हिजो पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर आजदेखि हटाउने जानकारी गराएको छ । गएको सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाण्डौ मल, आर बी कम्प्लेक्सलगायतमा बनेका अनधिकृत संरचना हटाएको थियो । यसअघि नै ३५ दिने सूचना निकालेको महानगरले अटेरी गरेपछि भत्काउने अभियान थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs