तेस्रो पटक किभ पुगेर बेलायती प्रधानमन्त्रीले थप सहयोग घोषणा गर्दै भने- युक्रेनले यो युद्ध अवश्य जित्नेछ

  • कालिका खवर
  • बिहिबार, भदौ ९, २०७९
  • बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अचानक युक्रेनको राजधानी कीभ पुगेका छन्। त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गरेका छन्।

    सोभियत संघबाट स्वतन्त्र भएको ३१ औं वर्ष मनाइरहेको युक्रेनले बेलायती प्रधानमन्त्री जोन्सनलाई तेस्रो पटक स्वागत गरेको हो।

    युक्रेन पुगे लगत्तै प्रधानमन्त्री जोन्सनले युक्रेनमा भइरहेको गतिविधि बेलायतका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले युक्रेनले रूसविरूद्धको युद्ध जित्नेमा आफू ढुक्क रहेको बताए।

    ‘युक्रेनमा जे भइरहेको छ, त्यो हाम्रा लागि महत्त्वपूर्ण छ। त्यसैले म आज कीभ आएको हुँ,’ युक्रेनमा सञ्चारकर्मीमाझ उनले भने, ‘बेलायत आफ्नो मित्र युक्रेनको साथमा उभिनेछ। म विश्वस्त छु कि युक्रेनले यो युद्ध जित्नसक्छ र जित्नेछ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs