काठमाण्डौका मेयरलाई धरानका मेयरको अर्को कटाक्ष, व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन

  • कालिका खवर
  • बिहिबार, भदौ ९, २०७९
  • सामाजिक सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गर्नुभएको छ ।

    काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो ।

    उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

    यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs