सस्तो लोकप्रियतामा प्रदेश सांसद जगत सिंखडा: सरकारी निति विपरित काम गर्दै

  • कालिका खवर
  • शुक्रबार, भदौ १०, २०७९
  • धादिङ । प्रदेश संसद जगत सिंखडाले निर्वाचन नजिकिदै गर्दा जनताको भोट पाउन भ्रमको खेति गर्न थालेका छन्। संघिय सांसदले एक योजना छनोट गरि सिफारिस गर्ने र सरकारले निर्णय गरि बजेट कार्यक्रम गाउपालिका वडा नं ६ को योजना भन्दै प्रदेश सांसद जगत सिंखडाले शिलान्यास गरेका छन्।
    धादिङ-२ का संघिय सांसद खेम प्रसाद लोहनीले आगिन्चोक, सल्यान्कोट, मुलपानी, फुलखर्क, गुम्दि, रि, लापा, का जनतालाई यातायात सेवा दिने उदेश्य राखी “एक निर्वाचन क्षेत्र एक निर्वाचन सडक” योजना अन्तर्गत आर्थिक वर्ष ७९/८० को वार्षिक कार्यक्रमको निर्वाचन क्षेत्र रणनीतिक सडक क्रम संख्या ६३ कम्पोनेन् ६३ को “सिमवेसी- गोलाङ- आगिन्चोक- बेलुभञ्ज्याङ- फुलखर्क गुम्दि- रि- लामा” सडक योजना राखिएको थियो । सोहि प्रकृया बमोजिम निर्णय भइ कार्यनयन भइरहेको यो योजना ४० करोडको छ र तीन बर्ष भित्र सम्पन्न हुनेछ ।
    आम निर्वाचन घोषणा भइ सकेको अवस्थामा कुनै पनि योजना शिलान्यास तथा उद्घाटन गर्न नहुने सरकारी निति र आदेश विपरित संघिय सरकार सडक डिभिजन कार्यालयको स्विकृत र उपस्थित वेगर अनाधिकृत संस्थाको हवाला दिदै माओवादी नेता जगत सिंखडाले शिलान्यास गरे।

    अनाधिकृत व्यक्ति सिंखडाले शिलान्यास गर्नु अराजकता, उत्ताउलो र लाजमर्दो विषय हो। निर्वाचनलाई ध्यानमा राखेर सस्तो लोकपि्रयताको लागि गरिएको यो कामको सर्वत्र विरोध भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs