पर्यटक भिसामा खाडी देश जान लागेका १ सय ९७ जना नेपाली विमानस्थलबाटै पक्राउ

  • कालिका खवर
  • शनिबार, भदौ ११, २०७९
  • पर्यटक भिसा लिइ खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

    आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ ।

    भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक भिसा लिइ खाडी देशतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा जाँच गर्दा हवाई यात्रा अनुमति कागजातहरु शंकास्पद देखिएका महिला १ सय ३ र पुरुष ९४ गरी जम्मा १ सय ९७ जना यात्रुहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs