
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।
महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन् ।एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’